तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा एचपीभी खोप अभियान सुरु: ३ हजार ८ सय बढीलाई खोप लगाउने लक्ष

मुगु । मुगु जिल्लामा आजबाट पाठेघर मुखको क्यान्सरविरुद्धको ९एचपीभी० खोप अभियान सुरु भएको छ। जिल्लाका चारै गाउँपालिका, छायाँनाथ रारा, सोरु, खत्याड र कार्मारोङमा सञ्चालन हुने यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म जारी रहनेछ।

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ३ हजार ८ सय ८५ जना छात्रालाई लक्षित गरी खोप दिइने भएको छ। साथै, विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई समेत खोप प्रदान गरिनेछ।

जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार गम्भीर एलर्जी भएका र गर्भवती महिलाहरूलाई भने यो खोप दिन नमिल्ने निर्देशिका जारी गरिएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button