तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्यायोजित समिति बैठक: प्रदेश मन्त्रीहरू उपस्थित नभएपछि सांसदहरुले जनाए आपत्ति 

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा प्रदेश मन्त्रीहरू उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाउनुभएको छ ।

समितिले आज राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूका विषयमा छलफल गर्न सातवटै प्रदेशका बन तथा वातावरण मन्त्रीहरूलाई बोलाएको थियो । छलफलमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा बन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरी र बागमती प्रदेशबाट प्रतिनिधिका रुपमा वन मन्त्रालयका सचिव केदार बराल मात्रै बैठकमा उपस्थित हुनुहुन्थ्यो । 

सांसदहरुले राष्ट्रिय सभा र यसका समितिहरूले सङ्घीयता सबलीकरण, यसको कार्यान्वयन लगायतका विषयमा काम गर्ने हुनाले राष्ट्रिय सभाको मतदाताका रुपमा रहेको प्रदेशका सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिहरूले समिति र नीति निर्माणका विषयमा हुने छलफलमा सहभागी भई आफ्ना विषय उठाने कुराको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा समिति सभापति मायाप्रसाद शर्माले गण्डकी प्रदेश बाहेक सबै प्रदेशका बन तथा वातावरण मन्त्रीहरूले बैठकमा उपस्थित हुने प्रतिबद्धता जनाएको भएपनि बैठकमा भने उपस्थित नभएको विषय जानकारी गराउनु गराउनुभयो ।

समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, मध्यवर्ती क्षेत्रको समस्या, नदिजन्य पदार्थको उत्खनन्, वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button