तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५० हजार किशोरीलाई एचपिभी खोप दिइने

धनगढी । कैलालीमा ५० हजार किशोरीलाई (पाठेघरको मुखको) क्यान्सर विरुद्धको एचपिभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि फागुन ६ गते सम्म जिल्लाभर एचपिभी खोप अभियान थालिने छ ।

आज धनगढीमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले एचपिची खोप अभियान अन्तरगत विद्यालय क्षेत्रका कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ बर्ष उमेर समूहका किशोरीलाई सिकोलिन खोप दिइने जानकारी दिनुभयो ।

उहाँले ४७ हजार ६१० छात्रा र विद्यालय बाहिरका ३ हजार २८६ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने बताउनुभयो । एचपिभी खोप अभियानका लागि सम्पूर्ण तयारी लगभग पूरा भएको र जिल्लाका १३ वटै पालिकामा गरि ५० हजार ६१६ किशोरीलाई खोप दिने लक्ष्य रहेको कुँवरले बताउनुभयो । खोप अभियानका लागी जिल्लामा ७ सय ५ वटा खोप केन्द्र तोकिएको र १ हजार ४१० जनशक्ति परिचालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button