रुपन्देहीका ५८ हजार ८ सय बढी किशोरीलाई एचपिभी खोप लगाइने
रुपन्देही । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष नेपालमा २ हजार १ सय ६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने गर्दछन् । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुने गरेको छ जसअनुसार नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुनुको कारण पाठेघरको क्यान्सर हुने गरेको उल्लेख गरेको छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्य पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । क्यान्सरबाट महिलाहरूको मृत्यु हुने यो पहिलो कारण हो । यही कुरालाई मध्य नजर गर्दै नेपाल भरी नै पाठेघरको क्यान्सर विरुद्ध ह्युमन पापिलोमा भाईरस विरुद्ध एचपीभी खोप अभियान सुरु गरेको छ ।
उक्त खोप अभियान रुपन्देहीमा पनि ह्युमन पेपिलोमा भाईरस विरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २२ गते देखी फागुन ६ गते सम्म अभियानमा विद्यालयमा अध्ययनरत १० वर्षदेखि १४ बर्ष उमेर समूहका छात्रालाई खोप लगाइने भएको हो । विभिन्न विद्यालयका छात्रालाई दुई चरणमा गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणी ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीका अनुसार, महिलाहरूको पाठेघरमा रहेका कोषहरूमा अनियन्त्रित र असामान्य र अनावश्यक रूपले बढ्ने र योनिबाट रगत बग्ने जस्ता लक्षणहरू देखा पर्ने गर्छन् । जिल्ला अस्पताल भिम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट शकुन्तला गुप्ताका अनुसार १० देखि १४ वर्ष उमेरका किशोरीहरू यौन क्रियाकलापमा सक्रिय नहुने र जस्का कारण यो खोपको प्रभावकारिता समेत हुने भएका कारण पनि यो उमेर समूहलाई लक्षित गरिएको बताउँदै, यो खोप सबैको आवश्यकता भएको कुरामा जोड्दिनुभयो ।
के हो एचपिभी भाईरस
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट हुने गर्दछ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्त अल्पता हुने गर्दछ । यौन सम्पर्कबाट यो रोग सर्ने गरेको स्वास्थ्य विज्ञहरूको भनाई छ यो रोगको कारण नेपालमा अहिले पनि २ हजार १ सय ६९ जना संक्रमित भएको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरिएको थियो । उक्त रोगको लागी एचपिभी खोप लगाउन थालेको हो । उक्त खोपले पाठेघरको क्यान्सरको संक्रमण रोक्ने विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा। सागर तिवारीलेको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्