अस्थिरता अन्त्यका लागि ठूला दल मिल्नुपर्यो : महासचिव पोख्रेल
धनकुटा । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले अस्थिरता अन्त्यका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जरा केन्द्रित अभियानको उद्घाटन गर्दै महासचिव पोख्रेलले महासचिव पोख्रेलले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिल्नुपरेको बताउनुभयो ।
उहाँले सरकारले अध्यादेशमार्फत देशमा सुशासनको प्रत्याभूति दिएको बताउँदै उहाँले यो सरकार जनताका लागि बनेको प्रमाणित भएको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पहाडको विकासमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जरा केन्द्रित अभियानमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आर्थिक स्थितिले भ्याएसम्म विकासलाई पहाड केन्द्रित बनाउने योजनामा रहेको बताउनुभयो ।
एमाले धनकुटाले सुरु गरेको जरा केन्द्रित कार्यक्रम तीन महिनासम्म वडा वडामा सञ्चालन हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्