तपाईँ सुन्दै हुनुहुन्छः

हेर्ने कथाका प्रकाश तामाङलाई प्राधिकरणबाट निःशुल्क बिद्युत् मिटर उपलब्ध   

भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ नामक कार्यक्रमबाट परिवारको सम्पर्कमा आउनु भएका भोजपुरका प्रकाश तामाङलाई निःशुल्क बिद्युत् मिटर उपलब्ध गराइएको छ । 

प्रकाशका लागि निर्माण गरिएको घरमा जडान गर्नका लागि नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले बिद्युत् मिटर उपलब्ध गराएको हो । नगरपालिकाको वडा मार्फत आएको सिफारिस तथा अन्य आवश्यक कागजातको आधारमा तामाङलाई मिटर उपलब्ध गराइएको प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले बताउनुभयो । 

भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १०, साम्पाङमा प्रकाशका लागि निर्माण गरिएको छ । पूर्वमन्त्री तथा संघीय सांसद सुदन किरातीको संयोजकत्वमा बनेको टिम मार्फत घर निर्माण भएको हो । प्रकाशको घर निर्माणका लागि भूतपूर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफ्नो पुर्ख्यौली करिब १५ लाख मूल्य बरावरको सात रोपनी जग्गा घर निर्माणका लागि उपलब्ध गराउनु भएको थियो । 

उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाईमा पाँच कोठे घर निर्माण गरिएको हो । संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिमले पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै घर निर्माण गरेको थियो । 

लगभग ३३ वर्ष हराएका प्रकाश युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ नामक कार्यक्रमबाट षडानन्द नगरपालिका वडा नम्बर १०, साङपाङको छाप्लेगाउँमा बस्दै आउनु भएका बाबु आमाको सम्पर्कमा आउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button