तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नुभएको छ । उहाँलाई  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुभयो । 

त्यस अवसरमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रु पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिनुभयो । संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । 

भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ  । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा  एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button