तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक च्याउ खेतीमा रमाउदै वडाध्यक्ष वली

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरका किसान व्यावसायिक च्याउ खेती तर्फ आकर्षित भएका छन् ।

वडा अध्यक्ष धनराम वली क्षेत्रीले घरमै बसेर च्याउ उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर वडावासी किसानलाई सन्देश प्रवाह गर्ने उद्देश्यले च्याउ खेती सुरु गरिएको बताउनुभयो ।

पहिलो पटक किसानबाट उत्पादित च्याउ बिक्री सुरु गरिएको वडाध्यक्ष वलीले बताउनुभयो । पाँच सयभन्दा बढी पोका भएकाले करिब २५ क्विन्टल च्याउ उत्पादन हुने अनुमान गरिएको छ ।  प्रति किलो १२० रुपियाँको दरले च्याउ बिक्री गर्दै आउनु भएको छ । 

वडाध्यक्ष वलीले भन्नुभयो, ‘‘वडाले उत्पादन गरेको च्याउ भएकाले बजार मूल्यभन्दा सस्तोमा बिक्री गरिएको छ । च्याउ खेतीको निगरानी लगायतका प्राविधिक व्यवस्थापन कृषि शाखाले गरेको छ । बजेट व्यवस्थापन वडा कार्यालयबाट भएको छ ।’’

टनेलमा च्याउ खेती भएकाले सामान्य रेखदेखको काम वडाका जनप्रतिनिधि र कर्मचारीको टोलीले गरेको वलीले बताउनु भयो । वडाले व्यवसायका लागि भन्दा पनि उत्पादनसँग वडावासीलाई जोड्न च्याउ खेती सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button