गमगढी-तिब्बत जोड्ने सडक निर्माण अलपत्र, १८ वर्षमा १७ किमी मात्र सम्पन्न

मुगु । गमगढीदेखि उत्तरी सीमा तिब्बत जोड्ने ९६ किलोमिटर लम्बाइको सडक निर्माणको काम १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।
आर्थिक वर्ष २०६२/०६३ मा सर्वे र डिजाइन गरिएको यो सडक आयोजना सरकारले प्राथमिकतामा नपारी पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणमा ढिलाइ भएको हो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रदीप चौधरीका अनुसार “सरकारले जति पटक बजेट बिनियोजन गरेपनि न्यून बजेट विनियोजन गर्छ, त्यही पनि निर्माण कम्पनीले समयमा काम नगर्दा बजेट फ्रिज जाने गर्छ कसरी सडक छिटो निर्माण हुन्छ, प्रति प्रश्न गर्नु हुन्छ ?”
हालसम्म मुगुम कार्मारोङ्को छाइल बगरसम्म जम्मा ९६ किलोमिटर मध्ये १७ किलोमिटर मात्र सडक खनिएको छ। बाँकी ७९ किलोमिटर सडक बन्न यही गतिमा हो भने बर्षौ लाग्ने सम्भावना छ। मुगाली जनताको चिन सँग व्यापार गर्ने सपना कहिले पूरा हुने हो, अन्योल सृजना भएको छ ।

सिङ्गो कर्णाली प्रदेशको लाइफलाइन र गौरवको आयोजनाका रूपमा लिइएको यो सडक मुगाली जनताका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । पर्याप्त मात्रामा बजेट बिनियोजन नहुनु र यदि विनियोजित हुँदा कनिका छरे झैँ मात्र बजेट छुट्याईदा यो आयोजना अघि बढ्न नसकेकोले त्तम मुगालीले चिन्ता ब्यक्त गरेका छन् ।
हाल बजेट अभावका कारण सडक खन्ने काम अलपत्र छ भने गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजनाका कर्मचारी घाम तापेर बस्नुको विकल्प नरहेको बताइएको छ ।
यस सडकको लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त मात्रामा बजेट विनियोजित गरि सडक खन्ने काम ठेकेदार कम्पनी लाई नदिई नेपाली सेनालाई दिनु पर्ने कुरा कर्णाली बासीले नेपाल सरकारलाई आग्रह गरेका छन् ।










प्रतिक्रिया राख्नुहोस्