सबै दलको सहकार्यमा संविधान संशोधन प्रक्रिया अघि बढाउँछौँ : उपप्रधानमन्त्री सिंह

रुपन्देही । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री सिंहले सबै दलसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताउँदै संविधान संशोधनका लागि कार्यदलले काम अगाडि बढाएको बताउनुभयो ।
सियारी गाउँपालिकाको गौरबको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलान्यास तथा दयानगर दानव लिफ्ट सिँचाई योजनाको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउनुहुँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले कोभिड महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले काम रणनीतिक रुपमा काम गरिरहेको र सुधारका सङ्केत देखिन थालिसकेको बताउनुभयो । पर्यटन करिडोर र लिफ्ट सिँचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उहाँको विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्