तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २८८ जना लाभान्वित 

बाँके । बाँकेको डुडुवा गाउँपालिका– १ होलियामा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जना लाभान्वित भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वाटर बागेश्वरी बाँकेले आज होलियामा आयोजन गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १ सय ५२ महिला र १३६ पुरुषले स्वास्थ्य परीक्षण गराएका छन् ।

विशेषज्ञहरूको उपस्थितिमा साधारण स्वास्थ्य परीक्षण, नाक, कान, घाँटी, दाँत, आँखा तथा अन्य रोगहरूको परीक्षण गरिएको थियो। शिविरमा स्वास्थ्य परीक्षण गराउनेमा महिला, वृद्धवृद्धा र बालबालिकाको बढी सहभागिता रहेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिनुभयो । 

‘सशस्त्र प्रहरी बल नेपालको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै शिविरमा आवश्यकताअनुसार औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button