सरकारलाई असफल हुने छुट छैन: काँग्रेस नेता कोइराला
धनगढी । नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले सरकार विघटन र असफल हुने छुट नरहेको बताउनु भएको छ । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै नेता कोइरालाले प्रमुख दुई दल (नेपाली काँग्रेस र नेकपा एमाले) को सरकारले सुशासन, विकास र जनताका पक्षमा राम्रो काम गर्नुपर्ने बताउनु भयो ।
पत्रकारको जिज्ञासामा नेता कोइरालाले भन्नुभयो
‘काँग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर गठन भएको सरकार किन ढल्छ, सरकारले राम्रो काम गर्नु पर्छ भन्ने हो, सरकारलाई असफल हुने छुट छैन ।’
नेता कोइरालाले पार्टीको १५औ महाधिवेशनमा आफ्नो सभापतिमा दाबी स्वभाविक भएको बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र आफू बिचको सम्बन्ध राम्रो रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्