बाँकेका आठ स्थानीय तहमा मङ्सिर मसान्तसम्म ४९ उजुरी
बाँके । बाँकेको आठ वटा स्थानीय तहको चालु आवको मङ्सिर मसान्तसम्म ४९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जमा परेका छन् ।
अख्तियार नेपालगञ्जका प्रमुख गणेश बहादुर अधिकारीका अनुसार चालु आवमा नेपालगञ्ज उपमहानगरपालिका विरुद्ध ११ वटा उजुरी परेको छ भने अघिल्लो आवमा ९ वटा उजुरी परेको थियो । कोहलपुर नगरपालिका मा चालु आवमा १० अघिल्लो आर्थिक वर्षमा १०, नरैनापुर गाउँपालिकामा चालु आवमा ९ र अघिल्लो आर्थिक वर्षमा ४, डुडुवा गाउँपालिकाको चालु आवमा १० र अघिल्लो आर्थिक वर्षको ३ वटा उजुरी परेको थियो ।
यसैगरी जानकी गाउँपालिकाको चालु आवमा ४ र अघिल्लो आवमा ४, राप्ती सोनारी गाउँपालिका चालु आवमा २ र अघिल्लो आर्थिक वर्षमा ४ र खजुरा गाउँपालिकाको चालु आवमा १ उजुरी परेको बताउनु भयो ।
अख्तियार नेपालगञ्जका अनुसार आठ स्थानीय तहको चालु र अघिल्लो आर्थिक वर्षको ८६ उजुरी मध्ये ३२ वटा फर्छ्यौट भएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्