तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैङ्कसँग सार्वजनिक हितको सूचना प्रसारण गर्ने सम्झौता

विराटनगर । सार्वजनिक हितको सूचना प्रसारण गर्नका लागि रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम र कृषि विकास बैङ्क लिमिटेड बिराटनगरबीच आज सम्झौता भएको छ ।

कृषि विकास बैङ्कबाट प्रवाह हुने सेवाहरू तथा विद्युतीय कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरूलगायत विषयमा आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले रेडियो नेपालबाट सूचना प्रसारण गर्न लागिएको कृषि विकास बैङ्क लिमिटेड विराटनगरका निर्देशक तिलक प्रधानले बताउनुभयो । 

बैङ्कबाट प्राप्त भएका सार्वजनिक हितका सूचनाहरू रेडियो नेपाल १०३ मेगाहर्जमा सञ्चालित महानगर एफ.एम. र कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामबाट प्रसारण गरिने सञ्चारग्रामका कार्यक्रम प्रमुख नयराज नेपालले बताउनुभयो ।   

सम्झौतामा कृषि विकास बैङ्कका तर्फबाट निर्देशक तिलक प्रधान, वरिष्ठ शाखा प्रमुख केदार अधिकारी  र सञ्चारग्रामका तर्फबाट कार्यालय प्रमुख सूर्यनारायण लाल कर्ण र कार्यक्रम प्रमुख नयराज नेपालले हस्ताक्षर गर्नुभयो । 

कृषि विकास बैङ्कका वरिष्ठ शाखा अधिकृत पङ्कज पौडेलले रेडियो नेपालबाट प्रसारण हुने बैङ्कका सूचना तथा सन्देशले बैङ्कबाट प्रवाह हुने सेवासँगै बैङ्किङ सेवा लिँदा ध्यान दिनुपर्ने कुरा, विद्युतीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषयमा नागरिकलाई सचेत गराउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button