एनपिएलः चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजविरुद्व पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज विराटनगरले टस जितेर पहिले ब्याटिङ रोजेको हो । जारी एनपिएलमा यो विराटनगरको छैटौँ खेल हो । यसअघिका पाँच खेलमध्ये विराटनगरले एक खेल जित्दा चार खेलमा हार ब्यहोरेको छ ।
यस्तै, चितवनको पनि यो छैटौँ खेल हो । चितवनले यसअघिका पाँच खेलमध्ये तीन खेल जितेको छ भने दुई खेलमा पराजित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्