‘स्वास्थ्य स्वयंसेविकाहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि जरुरी’
काठमाडौँ । २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आज देशभर मनाइएको छ ।
दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काममा जोड दिनुपर्ने बताउनुभयो ।
वक्ताहरूले स्वास्थ्य स्वयंसेविकाहरूले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका निर्देशक डा विकास देवकोटालगायतले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पुर्याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाहरूले संवाहकका रुपमा काम गरिरहेको बताउनुभयो ।
हाल देशभर ५१ हजार चार सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।








प्रतिक्रिया राख्नुहोस्