सुर्खेतमा खाद्य/दान सम्बन्धि नयाँ ऐन, नियम तथा मापदण्डबारे अन्तरक्रिया
सुर्खेत । कर्णालीका उद्योगी–व्यवसायीले आयातित वस्तुको व्यापारमा भर पर्नु प्रदेशका व्यवसायीलाई खाद्य तथा दाना सम्बन्धि कानून, ऐन, नियम कार्यान्वयन पूर्व व्यापक सचेतना फैलाउन माग गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य÷दान सम्बन्धि नयाँ ऐन नियम मापदण्डबारे सरोकारावालाहरु सँग अन्तरक्रिया कार्यक्रमका सहभागी उद्योगी–व्यवसायीले आयातित खाद्य वस्तुहरूमा भेटिने रङ्गका कारण व्यवसायीले कारबाही भोग्नुपरिरहेको भन्दै व्यवसायीलाई तर्साउने गरी मात्र अनुगमन गर्न नहुने बताउनुभयो । उद्योगी–व्यवसायी तथा उपभोक्ताहरूलाई समय समयमा सजक बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका प्रमुख भेषबहादुर थापाले उद्योगी–व्यवसायीलाई तर्साएर नभई सम्झाई बुझाई गरेर कानूनको कार्यान्वयन गर्ने बताउनुभयो ।
उहाँले अनुगमनमा नीजि क्षेत्रलाई समावेश गराउने र सबैको सहकार्यमा आम उपभोक्तालाई स्वास्थ्य र गुणस्तरीय खाद्यपदार्थ उपभोग गर्न पाउने अधिकारीको सुनिश्चितता गर्ने जनाउनुभयो ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर खाद्यवस्तुको उत्पादन र विक्री गर्नुपर्ने उहाँको भनाइ थियो । सरकारले खाद्य ऐन २०२३ लाई परिमार्जन गरि यस वर्षको साउन १९ गते देखि खाद्य ऐन २०८१ कार्यान्वयनमा ल्याएको छ ।
प्रतिक्रिया राख्नुहोस्