गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको छ : मन्त्री भण्डारी
रुपन्देही । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी भण्डारीले भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउनुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्नु हुँदै मन्त्री भण्डारीले विमानस्थलमा भएका समस्यालाई समाधान गर्ने बताउनुहुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेकाले पर्यटन व्यवसायको बिकास गर्न सकिने बताउनुभएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्प नभएको र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताउनुभएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो बिकास गरि भएका समस्या समाधान गरि लैजान तयार भएको मन्त्री भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
छलफलमा पर्यटन व्यवसायीले श्रम, सुरक्षा, पूर्वाधार लगायतका समस्याहरू समाधान गर्नका लागि आग्रह गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्