तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा भोलिदेखि ‘नेपालगञ्ज कनक्लेभ’ हुने

नेपालगञ्ज । नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा हुने नेपालगञ्ज कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर भोलिदेखि सुरु हुने दुई दिने नेपालगञ्ज कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यो चौथो संस्करण हो ।

मङ्सिर २२ गते शनिबार हुने दशौं धारा नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा आयोजित कनक्लेभमा विभिन्न क्षेत्रका विज्ञलाई एकै थलोमा जम्मा गरी विभिन्न विषयगत बहस गरिने क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

यस पटक नेपालगञ्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ । आयोजकका अनुसार ख्यातिप्राप्त हास्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसँगको अन्तरङ्ग संवादबाट कनक्लेभ शुभारम्भ हुनेछ ।

जीवन सङ्घर्ष र प्राप्ति, देशले गर्छ विद्युत् निर्यात नेपालगञ्जले भोग्छ ऊर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात बस्तुमा मूल्यवृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी: दलमा, देशमा, किन दौडिन्छ मान्छे, साहित्य र सिनेमाको ऐनामा समाज रुपान्तरणको चित्र जस्ता विषयमा दुई दिनसम्म बहस गरी निष्कर्ष खोजिने कनक्लेभ संयोजक जनक नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button