तपाईँ सुन्दै हुनुहुन्छः

रवि लामिछानेलाई चितवन ल्याइयो 

चितवन । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन ल्याइएको छ  । 

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई काठमाडौँबाट हवाईमार्फत चितवन ल्याउन लागिएको हो ।

रास्वपा बागमती प्रदेश अभियान तथा प्रचार प्रसार विभागका उपप्रमुख भविलाल चापागाईंका अनुसार लामिछानेलाई काठमाडौँबाट ८ः ३० बजेको उडान मार्फत भरतपुर ल्याइएको हो । 

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो  । विमानस्थलमा ओर्लिने बित्तिकै लामिछानेलाई बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा लैजाने प्रहरीको तयारी छ ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button