तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन सुदूरपश्चिम: पाँच पदका लागि २५ उम्मेदवार, २२ मतदान केन्द्र तोकिए 

धनगढी । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा पाँच वटा (रिक्त) पदमा हुने निर्वाचनका लागि २२ वटा मतदान केन्द्र तोकिएको छ । 

प्रदेश निर्वाचन कार्यालय, धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले सुदूरपश्चिम प्रदेशको पाँच जिल्लामा रिक्त उपाध्यक्ष एक र वडा अध्यक्ष चार गरि कुल पाँच पदका लागि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको बताउनु भयो  । उहाँले उपनिर्वाचनका लागी बाजुरामा ९, कञ्चनपुरमा ६, बझाङमा २, डोटीमा ३ र दार्चुलामा २ वटा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशमा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र कञ्चनपुरको भिमदत्त नगरपालिका-६, दार्चुलाको दुहु गाउँपालिका-५,, डोटीको पूर्वीचौकी गाउँपालिका-६, बझाङको सुर्मा गाउँपालिका-४ को वडा अध्यक्ष पदका लागि मङ्सिर १६ गते निर्वाचन हुदैछ । 

निर्वाचन अधिकारी भट्टले एक उपाध्यक्ष पदका लागी तीन जना र चार जना वडा अध्यक्षका लागि २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताउनु भयो । उपनिर्वाचन हुने पाँच जिल्लाको पाँच स्थानीय तहमा कुल १७ हजार ३१३ मतदाता रहेको उहाँले जानकारी दिनुभयो । 

पाँच वटै स्थानीय तहमा प्रमुख राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलले आ-आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेका छन् । उपनिर्वाचनमा प्रमुख दलका उम्मेदवार बिच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यसैबिच सबै दलका उम्मेदवारहरू यति वेला चुनावी प्रचारप्रसार तथा घरदैलोमा व्यस्त रहेका देखिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button