तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई व्यावसायिक बनाउने गरि कृषि विकास रणनीति परिमार्जन गर्नुपर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनु भएको छ । 

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि आज काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक सङ्घीयतामा जानू अघि लागु गरिएको रणनीतिलाई सङ्घीयता अनुकूल परिमार्जन गरिनुपर्छ भन्नुभयो । जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा  मन्त्री अधिकारीले जोड दिनुभयो ।  

मन्त्री अधिकारीले सङ्घीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन  सकिरहेका छैनन्– भन्नुभयो ।  कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो । 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ ।रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरू बिच छलफल गरि सुझाव लिएको छ ।  पुर्वसचिब गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button