तपाईँ सुन्दै हुनुहुन्छः

प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

 प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार गरेका थिए । हिजो पक्राउ परेका प्रसाईँमाथि   साइबर क्राइम, कीर्ते र मानहानि लगायतको मुद्दा चलाउने प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button