तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा अदालतका दुई कर्मचारी घुससहित पक्राउ

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित उनीहरुलाई पक्राउ गरेको हो ।

अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग २० हजार रुपैयाँ रकम लिँदै गर्दा पक्राउ गरिएको जनाइएको छ ।

उनीहरूले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि घुस लिएको अवस्थामा घुससहित कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट मङ्गलवार पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग बुटवलले जनाएको छ । आयोगका अनुसार घुस रकम अपरेटर पाण्डेयबाट बरामद गरिएको थियो । यश घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button