मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रिय कार्यालय बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाउदै सबै पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ । बैठकले मङ्सिर मसान्तसम्म पालिका सभा र खबरदारी सभा सँगसँगै लगेर प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले पुस २ गते केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेको पनि पार्टी प्रवक्ता सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्