पुम्दीकोटमा पर्यटकको भिड
पोखरा । पुम्दी भुम्दीको पुम्दीकोटमा पर्यटकको भिड लागेको छ । नेपाालीहरुको दोस्रो ठुलो पर्व तिहारको भोली पल्ट सार्वजनिक बिदा भएकोले गर्दा पनि आन्तरिक सहित विदेशी पर्यटकहरूको भिड लागेको हो ।

सार्वजनिक बिदाको दिनमा भने एकै दिनमा ५ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू पुम्दीकोटमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गर्न पर्यटकहरू आउने भएको पुम्दीकोट कोट बिकास समितिका एवं उद्योगपति चन्द्रकान्त बरालले बताउनु भयो ।

तिहार पर्वको भोलि पल्ट सोमबार पुम्दीकोट क्षेत्रमा बिहानै देखि विशाल महादेवको मूर्ति अवलोकन देखि दृश्यावलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै भिडभाड भएको समितिले जनाएको छ ।

पछिल्लो समयमा पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको उक्त क्षेत्रमा पोखरा आएका करिब ९० प्रतिशत जसो पर्यटकहरू आउने गरेको अध्यक्ष बरालले जनाउनु भयो । पुम्दीकोट क्षेत्रको बृहत् बिकास ४० करोडको परियोजना अन्तर्गत केही अधुरा कामहरू अझै बाँकी रहेको समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्