तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगको आज बसेको बैठकले उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्णय गरेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिनुभयो ।

वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने सचिव पन्थले बताउनुभयो ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचन पछि विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडा अध्यक्ष ११ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी ४२ पदका लागि आगामी मङ्सिर १६ गते आइतबार उप निर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button