तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानन्यायाधिशमा राउत नियुक्त, आजै शपथ


काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा प्रकाशमान सिंह राउतलाई आज नियुक्त गर्नुभएको छ ।
संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधिश पदमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले दिनुभयो ।
नवनियुक्त प्रधानन्यायाधिश राउतको आजै दिउसो शपथ ग्रहण हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button