अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाटमा ९ वटा घर भत्किए

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ बासखोलामा ९ वटा घर भत्किएका छन् ।
अविरल वर्षाका कारण एउटै गाउँका ९ वटा घर भत्किएका हुन् ।

वर्षाका कारण स्थानीय कोशबहादुर आलेको ढुंगामाटोले बनेको २ तला, कादर दर्लामी, हरिबहादुर राई, तोमनसिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलबहादुर रुचाल, दलबहादुर राई, कुशबहादुर आलेमगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
घर भत्किएकाहरू आफन्तका घरमा आश्रय बसेका छन् । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अविरल झरीले सुस्ताका केही बस्तीहरू समेत डुबानमा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्