तपाईँ सुन्दै हुनुहुन्छः

झरीले जनजीवन प्रभावित, ग्रामीण क्षेत्रका किसान भने खुशी

वीरगञ्ज । बिहीबार साँझदेखि अविरल रुपमा परेको पानीले वीरगञ्जको जनजीवन प्रभावित भएको छ ।

निरन्तर पानी परेर झरी परेपछि कतै डुबान त कतै हिलाम्य हुँदा विद्यार्थी, कर्मचारी, मजदुर, र सर्वसाधारण प्रभावित भएका छन् ।

लामो समयदेखि पानी नपर्दा चिन्तित भएका किसानहरू भने निरन्तर रुपमा पानी परेपछि खुसी भएका छन् ।

आकाशे पानीको भरमा धानखेती गर्दै आएका किसानहरू अहिले धान पसाउने बेलामा निरन्तर पानी परेपछि धानको उत्पादन बढ्ने भन्दै खुशी भएको पर्सा ठोरीका किसान प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button