तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया बाढीको उच्च जोखिममा

बर्दिया । बर्दियामा बाढीको उच्च जोखिम देखिएको छ । बबई नदी र कर्णाली नदिको सतह खतरा तह भन्दा माथि पुगेपछि बर्दियाका नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको हो ।


बाढीबाट अत्यधिक प्रभावित बनाउने कर्णाली र बबई नदी हुन् । तिनै नदिमा पानीको सतह खतरा भन्दा माथि देखिएपछि नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने उच्च जोखिम देखिएको छ ।

बबई नदिमा सबै भन्दा बढी पानीको सतह७.३६ मिटर बिहान ११ बजे पुगेको थियो । बबई नदिको चेपाङ्गमा ५.५० मिटर चेतावनी तह र ६.८० मिटर खतराको तह तोकिएको छ । त्यसैगरी कर्णाली नदिको चिसापानीमा १०.५६ मिटर पुगेको छ । कर्णाली नदिमा चेतावनी तह १० मिटर र खतरा तह १०.८ मिटर चेतावनी तह तोकिएको छ ।

बबई चेपाङ्गमा पानीको सतह बढेको ५ देखि ६ घण्टामा बर्दियाको गुलरियाको बाढी आउने सम्भावना हुन्छ । हाल बबई नदी किनारमा रहेको सदरमुकाम गुलरिया लगायत नदी तटीय क्षेत्र उच्च जोखिममा रहेको छ । भने कर्णाली नदिबाट राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका नदी किनारका क्षेत्रहरू जोखिममा रहेका छन् ।

जिल्ला आपतकलीन कार्य सञ्चालन केन्द्र बर्दियाले कर्णाली र बबई नदिले खतराको तह पार गरेको हुनाले उच्च सतर्कता अपनाउन आव्हान गरेको छ । नदी तथा खोला किनारका स्थानीय बासीहरूलाई उच्च सतर्कता अपनाइ सुरक्षित रहन हुन अनुरोध गरिएको छ । घरमा भएका महत्त्वपूर्ण वस्तु, नगद, गरगहना जिन्सीलाई सुरक्षित ठाउँमा राख्न, ज्येष्ठनागरीक,बालबालिका, गर्भवती तथा सुत्केरीलाई विशेष ध्यान दिन आव्हान गरिएको छ ।

नदिमा पानीको सतह बढेको समयमा माछा मार्ने, काठदाउरा छोप्ने जस्ता कार्य नगर्नु नगराउन आग्रह गरिएको छ ।
बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाकर्मी लगायत सम्पूर्ण जिल्ला विपद् व्यवस्थापन समितिका संयन्त्रलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनु भएको छ । उहाँले स्थानीय तह, सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन अनुरोध गर्नु भएको छ । हाल सम्म बर्दियामा बाढी तथा डुबान भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button