तपाईँ सुन्दै हुनुहुन्छः

संविधान जारी गर्नमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको भूमिका र योगदान असाधारण: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्नमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको भूमिका र योगदान असाधारण रहेको बताउनुभएको छ । 

नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा आयोजित तत्कालीन संविधान सभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ को प्रथम स्मृति सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानसभालाई सफल बनाउनका साथै सांसदलाई स्वस्थ तथा अनुशासन भित्र राख्ने खुबी स्वर्गीय नेम्वाङमा रहेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेम्वाङको निधनबाट मुलुकले जनपक्षिय देशभक्त व्यक्तित्व गुमाउनु परेको उल्लेख गर्नुहुँदै पार्टीलाई समेत अपूरणीय क्षति पुगेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले स्वर्गीय नेम्वाङको शालीनता र देशभक्तिबाट पाठ सिक्दै अघि बढ्नु अहिलेको अवस्थामा सान्दर्भिक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button