मालपोतको अनियमितता र भ्रष्टाचार सम्बन्धमा एमाले पर्साद्वारा भूमि सुधार मन्त्री अधिकारीको ध्यानाकर्षण
वीरगञ्ज । नेकपा एमाले पर्साबाट गएको टोलीले आज पर्सा मालपोतमा हुने गरेको अनियमितता भ्रष्टाचार तथा ढिला सुस्तीका सम्बन्धमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीसित भेट गरी ध्यानाकर्षण गराएको छ ।

टोलीले मालपोत कार्यालय पर्सामा दरबन्दी अनुसार कर्मचारी नहुनु, कार्यालय प्रमुखले कार्यालय मा सेवाग्राहीको सेवा सुलभ र सरल नगर्नु, कार्यालय प्रमुख आफैँ कार्यालयमा नबस्ने, मुद्दाको छिनोफानो नगर्ने, अनियमिततालाई नियन्त्रण गर्न नसकेको, कार्यालय भवन जीर्ण भएर भत्किँदै गइरहेका लगायत समस्याहरूको अवगत गराएको नेकपा एमाले पर्साका सचिव महेश दासले बताउनुभयो ।
उत्पन्न समस्या समाधानका लागि मन्त्री अधिकारीले तत्काल पहल गर्ने बताउँदै मालपोत तथा भूमिसुधार कार्यालयको सुधारका लागि आफू छिटै वीरगन्ज आएर स्थलगत अनुगमन गर्ने बताउनुभएको सचिव दासले जानकारी दिनुभयो ।
वीरगन्जबाट गएको टोलीमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर कुमार शर्मा र सचिव महेश दास रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्