तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षा पछि आएको बाढी पहिरोले सञ्चालनमा आएको दुई हप्ता नबित्दै  कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको हो ।
आइतबार बिहान ६ बजे  कर्णाली राजमार्ग अन्तर्गत कालिकोट शुभकालिका गाउँपालिका वडा न.१ स्थित  स्थित गगने खोलामा अन्दाजी २० मिटर जति सडक भत्किएको र पहिरोका कारण  राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
बिहान ६ बजेदेखीनै पूर्ण रुपमा सडक अवरुद्ध भएकोले अवस्था बुझेर मात्रै यात्रा गर्न समेत अनुरोध गरिएको छ । दुई हप्ता सडक अवरुद्ध भएको पाँचौँ दिनमा खुलेको थियो । त्यतिबेला सबैभन्दा बढी जोखिम दैखोला र गगनेखोलामा थियो । हाल फेरि गगने खोलाकै पहिला पहिरो गएकै ठाउँको करिब २० मिटर सडक भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button