बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा
ढाका । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । जनवरीमा भएको निर्वाचनमा उहाँले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गर्नुभएको थियो । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनः निर्वाचित हुनुभएको थियो ।
हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भाग्नुभएको थियो । काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिनुभयो । उहाँहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीहरूमध्ये पछिल्लो हुनुहुन्छ ।
“मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ”, अवालले पत्रकारहरूसँग भन्नुभयो । पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथो पटकको कार्यकाल र उहाँको असामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो । कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो । अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए । तर अवालले हसिनाप्रति वास्तविक राजनीतिक विरोधको कमी हुनु नै मतदान इमान्दारीका साथ भएको बताउनुभयो । “मुख्य विपक्षी दल बिएनपी र समान विचारधाराका दलहरू निर्वाचनमा सहभागी भएनन्”, उहाँले भन्नुभयो, “यो एक दलीय निर्वाचन भएकाले निर्वाचनलाई प्रभावित गर्नुपर्ने कुनै आवश्यकता थिएन ।”
रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्