पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनु भएको छ।
बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नू भयो, सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ।तर पनि राज्यबाट पछि परेको छ। मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु।

मन्त्री पाण्डेले ५ सय भन्दा बढी पर्व र १ सय ३१ वटा भाषा भएको उल्लेख गर्नु भयो । उहाँले भाषा सभ्यता,संस्कृति,भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउनु भयो ।
संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गर्नु भयो।
उहाँले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकीकरणका आधारमा अघि बढ्ने समेत बताउनु भयो।
साथै उहाँले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रस्ट पार्नु भयो।








प्रतिक्रिया राख्नुहोस्