तपाईँ सुन्दै हुनुहुन्छः

‘गण्डकी सरोकार कार्यक्रम’ प्रसारण गर्ने सम्झौता

पोखरा । गण्डकी प्रदेश सरकार र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबीच आज ‘गण्डकी सरोकार कार्यक्रम’ २०८२ असार मसान्तसम्म प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केशवराज ढकाल र रेडियो नेपाल पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार गण्डकी सरोकार कार्यक्रम प्रत्येक हप्ताको मङ्गलवार अपराह्न ४ः०० बजेको समाचारपछि ४ः३५ बजेसम्म ३० मिनेट प्रसारण हुनेछ ।

उक्त कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियमवेभ ६८४ किलोहर्ज, एफएम व्याण्डको १०० मेघाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लङकोट एवं १०३ मेघाहर्जमा पाल्पाको बगनासकाली र नवलपरासी बर्दघाट सुस्तापूर्व दाउन्नेस्थित एफएम रिले स्टेशनबाट गण्डकी प्रदेशका ११ वटा जिल्लामा एकैसाथ प्रसारण हुनेछ । साथै रेडियो नेपालको अनलाइन पोर्टल www.onlineradionepal.gov.np, मोबाइल एप र फेसबुक लाइभबाट सुन्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button