तपाईँ सुन्दै हुनुहुन्छः

शास्त्रीय गायक रविनदास श्रेष्ठको निधन

काठमाडाैँ । शास्त्रीय गायक रविनदास श्रेष्ठको ५२ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको गए राति क्षेत्रपाटीस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

वनारस हिन्दु विश्वविद्यालयबाट संगीत प्रवीण उपाधि प्राप्त गरी शास्त्रीय गायनको साधना गरिरहनुभएका श्रेष्ठ हाल रत्न राज्य क्याम्पसको सहायक प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button