तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको बताउनुभएको छ।

नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताउनुभयो।

मन्त्री पाण्डेले भन्नुभयो, “प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ। वीर गोरखाली र हाम्रा पौरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन् । हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभएको छ।” उहाँले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने प्रष्ट पार्नुभयो।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हवका रूपमा अघि बढाउनुपर्ने समेत बताउनुभयो। उहाँले भन्नुभयो, “अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनुपर्छ। सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होइन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छु।” मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री बल बहादुर केसी, पूर्व मन्त्री शङ्कर प्रसाद कोइराला, प्रतिष्ठाका पूर्व अध्यक्ष शङ्कर प्रसाद पाण्डे, प्रतिष्ठानका पूर्व अध्यक्ष, प्रेम कुमार श्रेष्ठ, सन्तोष थापा मगर, लाप्पा फुटी सेर्पा सम्मानित समेत हुनुभएको थियो ।

साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन समेत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button