एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसिरहेको सचिवालय बैठक अहिले जारी छ ।
बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्छ ।

आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
दिउँसो १:०० बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरु भएको थियाे ।








प्रतिक्रिया राख्नुहोस्