तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्यो

विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको उहाँको भनाइ छ ।

शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।

बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो । सो बसमा कति जना यात्रु थिए र तिनको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button