परराष्ट्र मन्त्रीद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायत सहभागी हुनुहुन्थ्यो । नेपालको तर्फबाट मन्त्री राणा र दूतावासका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो।








प्रतिक्रिया राख्नुहोस्