मिथिलाका प्रसिद्ध झुलनोत्सव पर्व आज मध्यराति देखि समापन हुँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेका हरेक मठ मंन्दिरहरुमा प्रत्येक दिन साझ मनाइँदै आएको झुलनोत्सव पर्व आज आज राति देखि समापन हुने लागेको छ ।
साउन शुक्ल पक्ष तृतीया तिथिबाट सुरु भएर आज पूर्णिमासम्म चल्ने झुलनोत्सव आज राति समापन गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णले जानकारी दिनु भएको हो । झुलनोत्सव अन्तर्गत आज मध्य रातमा डोला झुलाउनका लागि लगाइएको डोरी काटेर यसको समापन हुनेछ ।
यस झुलनोत्सवमा भगवान् श्रीराम माता सीता सहितका देवी देउताहरूलाई कलात्मक झुलामा राखेर प्रत्येक दिन साँझदेखि रेशमको डोरीले तानेर झुलाइने परम्परा रहेको र यसको समापन पूर्णिमाका मध्यरातमा गरिने चलन रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त एवं रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशनदास वैष्णवले जानकारी दिनु भयो ।

झुलनोत्सवमा अवधिभरि जनकपुरधामका मठ मन्दिरहरूमा विशेष रौनकता रहने गरेका छन् । यस पर्वमा भजन कीर्तन सहित विभिन्न प्रकारका गीत सङ्गीत तथा नृत्य प्रदर्शन गर्ने भएकाले विशेष रौनकता रहने गरेको छ । झुलनोत्वमा सहभागी हुनका लागि नेपाल र भारतका विभिन्न भागहरूबाट पर्यटकहरू जनकपुरधाम आउने गरेकाले विशेष चहल पहल रहने गरेको छ ।
जनकपुरधामको रत्नसागर, विहारकुण्ड, अग्निकुण्ड सहितका मठ मन्दिरमा प्रत्येक दिन साँझ देखि मध्यरातसम्म झुलनोत्सव चल्ने भएकाले विशेष भिडभाड रहने गरेका छन् । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने चलन प्रचलन रहेको छ । यसका लागि भाडामा नर्तकहरू आउनुका साथै भक्तजनहरू भक्तिमा ओतप्रोत भएर आफै नाच्ने गरेका छन् ।
जनकपुरधाममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदी महन्त सुरकिशोर दास वैष्णवले गराउनु भएको र त्यसपछिका महन्तहरूले निरन्तरता दिँदै आउनु भएको छ । यसको देखा सिकी गरेर अन्य मठ मंन्दिरहरुले पनि झुलनोत्सव पर्व मनाउँदै आएको छ ।
झुला मिथिलाञ्चल सहित तराई मधेशमा धानको रोपाइँ समाप्त भएपछि हुने चलन रहेको छ । विश्व शान्ति तथा मानव कल्याणका लागि प्रत्येक वर्ष मिथिला सहित तराई मधेशका जिल्लाहरूमा झुलनोत्सव पर्व मनाउने प्रचलन रहँदै आएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासको रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्