मानव बेचबिखन रोक्न विचौलीयकेन्द्री कानून बनाउन सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मानव ओसारपसारका घटना दिनप्रतिदिन बढेको भन्दै विचौलीयलाई कडा कारबाही हुने कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा सांसदहरुले पछिल्लो समय तेस्रो मुलुकमा मानव तस्करी हुने गरेकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
खुला सीमानाका कारण भारतीय बाटो हुँदै विभिन्न मुलुकमा मानव बेचबिखन हुने गरेकाले सीमा नाकामा परिचय पत्र अनिवार्य गरेर सिसि क्यामेरा राख्न गृह प्रशासनलाई आग्रह गर्नुभयो ।
बैठकमा गृहमन्त्रालयका निमित्त सचिव चक्रप्रसाद अधिकारीले भिजिट भिसामा विभिन्न मुलुकमा नेपालीहरू पुर्याउने ठूलो अन्तर्राष्ट्रिय गिरोह गरेकाले त्यस बारे मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्