तपाईँ सुन्दै हुनुहुन्छः

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

गाजापट्टी, प्यालेस्टिनी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस् सलले बताउनुभयो ।

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । “अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ”, बस् सलले भन्नुभयो ।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भन्नुभयो,“तिन वटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए ।उनीहरूको के दोष थियो ?”

इजरायल र हमासबिच १० महिनाभन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button