तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ ।

कोषका संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिनुभएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button