तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक परिचालिकाहरुको व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकले सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल गरेको छ । 

सिंहदरबार स्थित समितिमा आज भएको छलफलमा महिला विकास शाखा जिल्लाबाट खारेज भएपछि त्यसअन्तर्गत कार्यरत ३ सय भन्दा बढी सामाजिक परिचालिकाहरुको व्यवस्थापन गर्नुपर्ने सरोकारवाला पक्षले माग गर्नुभयो । छलफलमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलाहरूलाई सशक्तीकरण गर्न, महिला हिंसालाई घटाउन सामाजिक परिचालिकाले काम गर्दै आएपनि सङ्घीयतापछि समस्या भएको भन्दै स्थानीय तहले नै यो समस्याको समाधान गर्न सक्ने बताउनुभयो । 

छलफलमा सांसदहरुले अधिकार कटौती गरेका सामाजिक परिचालिकाहरुलाई पुर्नस्थापना गर्नुपर्ने, उमेर पुगिसकेका परिचालिकालाई गोल्डेन ह्याण्डचेक दिएर सम्मान गर्नुपर्ने भन्दै प्रत्येक पालिकाले गम्भीर भएर सामाजिक परिचालिकालाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

छलफलमा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले नीति स्पष्ट भए यस्ता विषयलाई सम्बोधन गर्न वर्षेनी छुट्टै बजेट विनियोजन गरिने भएकाले यसबाट सामाजिक परिचालिकालाई समेट्न सकिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button