तपाईँ सुन्दै हुनुहुन्छः

मनसुन अवधिभर एक करोड वृक्षारोपण गर्न मन्त्री शाहीको निर्देशन

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षारोपण गर्न निर्देशन दिनुभएको छ ।

मनसुन अवधिमा नेपालभरि बृहत् रुपमा वृक्षारोपण सञ्चालन गर्न प्रदेश स्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा आरक्षण कार्यालय र देशभरका ७ सय ५३ वटा स्थानीय तहमा करिब एक करोड वृक्षारोपण सञ्चालन गर्न निर्देशन जारी भएको वन मन्त्री शाहीले जानकारी गराउनुभयो । मनसुन अवधिमा देशभर करिब एक करोड वृक्षारोपण गर्ने मन्त्रालयको लक्ष्य रहेको उहाँको भनाई थियो ।

पछिल्लो २०० वर्षमा मिथेन नाइट्रस अक्साइड कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्याँस विनाश गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँस उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको मन्त्रीको भनाई छ । मन्त्री शाहीका अनुसार हरित ग्याँस वृद्धिका प्रमुख श्रोतहरूमा वन जङ्गल विनाश कोइला खनिजजन्य इन्धनको अत्यधिक प्रयोग औद्योगिकीकरण क्रियाकलाप पर्ने गरेका छन् ।

प्रत्येक घर, कार्यालय अगाडी कम्तीमा एउटा मात्र रुख रोप्न सके धेरै लाभ हासिल हुने उहाँले बताउनुभयो । हरियाली वन जङ्गलले गाउँ सहरको शोभा बढाउने र हरियो वन नेपालको धन भन्ने मुलनारा सार्थक हुने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button