तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मा मिनी म्याराथनको आयोजना

झापा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आज मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ ।

स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धन समेत गर्ने उद्देश्यले आज बिहान नगरपालिकाको नगर युवा परिषद्ले आयोजना गरेको मिनी म्याराथनमा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम हुनुभयो । नेपाली सेनाकी समीक्षाले १० किलोमिटर दौड ३६ मिनेट २४ सेकेन्डमा र करणले १७ किलोमिटर दौड १ घण्टा ५ मिनेटमा पूरा गर्नुभएको थियो ।

त्यस्तै प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी धनकुमारी मगर द्वितीय, पुष्पा लिम्बु तृतीय र आकृति लिम्बु चौथो हुनुभयो भने पुरुषतर्फ सरोज सिंह द्वितीय, नेपाली सेनाका अञ्जन राई तृतीय र सुदीप लुम्बा चौथो हुनुभयो ।

विजेताहरूलाई क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिएको थियो । दौडमा सहभागी १०८ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । नगर युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि किचकबधदेखि चन्द्रगढसम्मको दौड गराएको थियो । पुरुषहरूले किच्चकबधबाट दौड सुर गरेका थिए भने महिलाहरूको दौड झापाचोकबाट सुरु भएको थियो ।

कार्यक्रममा अध्यक्ष नगर प्रमुख गणेश पोखरेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि मिनी म्याराथन आयोजना गरिएको बताउनुभयो ।

भद्रपुरमा मिनी म्याराथनको यो चौथो संस्करण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button