कक्षा १२ उत्तीर्ण वडाअध्यक्ष गाउँपालिकाद्वारा सम्मानित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण हुनुभएका वडाध्यक्षलाई सम्मान गरेको छ । ५३ वर्षीय वडाअध्यक्ष शिव प्रसाद खनाललाई बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिकाले सम्मान गरेको हो ।
पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्नुभएका वडाअध्यक्ष खनाल यही वर्ष २.४१ जिपिए प्राप्त गरी कक्षा १२ उत्तीर्ण हुनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले वडाअध्यक्ष खनाल सबैका लागि प्रेरणाका पात्र रहेको जिकिर गर्नुभयो । उहाँको मिहिनेतले गाउँपालिकालाई राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै अध्यक्ष कालाखेतीले धन्यवाद दिनुभयो ।
कार्यक्रममा सम्पुर्ण कार्यपालिका परिवार र कर्मचारीहरूले वडाअध्यक्ष खनाललाई खादा र अबिरले सम्मान गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्